सदन बोलाउन सभामुखलाई विपक्षीहरूको दबाब, सरकार भने अध्यादेशकै बाटोमा
काठमाण्डु- प्रतिनिधिसभाको बैठक सञ्चालनबारे प्रश्न उठिरहेका बेला सभामुख डोलप्रसाद अर्याल (डीपी) ले मंसिर महिनाभित्रै बोलाउने तयारी भइरहेको बताएका छन्। सदनको हिउँदे अधिवेशन आह्वान गर्ने विषयमा सरकारसँग अनौपचारिक परामर्श भइरहेको बताउँदै उनले यही महिनाभित्र बैठक बस्ने गरी तयारी अघि बढेको जानकारी दिए। ‘सदन बोलाउने विषयमा सरकारसँग अनौपचारिक परामर्श भइरहेको छ।