SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

बाँकेको बैजनाथमा दुई पक्षबीच झडप, प्रहरीले गर्‍यो आठ राउण्ड हवाई फायर

बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ । स्थानीय चिसापानीमा लागेको मेलामा दुई पक्षबीच विवाद भएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि नै आक्रमण भएपछि प्रहरीले हवाई फायर गर्नुपरेको हो ।