चलचित्र क्षेत्रका लागि नयाँ कानुन ल्याउँदै सरकार, ६ दशक पुरानो ऐन प्रतिस्थापन गरिने
काठमाडौं । सरकारले चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन र व्यावसायिक विस्तारका लागि करिब ६ दशक पुरानो चलचित्र ऐन प्रतिस्थापन गर्दै नयाँ कानुन ल्याउने तयारी गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्ने गरी समयसापेक्ष नयाँ कानुन निर्माण गर्न लागिएको बताएका छन् ।