महालक्ष्मी विकास बैंकद्वारा सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाकी एक छात्रालाई ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । बैंकले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले स्थापित ‘सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको हो ।