भारतसँगको १८४ अर्ब ऋण सरकारले कहिले र कसरी उपयोग गर्दैछ ?
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतसँग सहमति भएको १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तत्काल नलिइने बताएका छन् । उनले उक्त रकम आवश्यकता र आयोजना निर्माणको प्रगतिका आधारमा उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन् ।