नेप्सेमा १५ अंकको वृद्धि, कारोबार रकम साढे ५ अर्ब नाघ्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार देखिएको छ । यस दिन नेप्से परिसूचक १५.३९ अंकले बढेर २ हजार ६३८.९५ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.५८ प्रतिशतको वृद्धि हो । मंगलबार बजारमा ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।