विश्वभर एक वर्षमा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या, औसतमा हरेक घण्टा पाँच जनाको मृत्यु
काठमाडौं । विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको हत्या उनीहरूकै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको पाइएको छ । संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनअनुसार औसतमा हरेक घण्टा पाँच महिला तथा बालिकाले आफ्नै नजिकका व्यक्तिबाट ज्यान गुमाएका छन् ।