आईपीओको तयारीमा रहेको फोनपे सर्वाधिक कर योगदान गर्ने संस्थाका रूपमा सम्मानित
काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय, ललितपुर–१ ले आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा फोनपेलाई आफ्नो कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मान गरेको हो ।