SHARE
लोक पथ · सोमबार ८ मंिर २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

सर्बिया लैजाने भन्दै दिल्लीको होटलमा ४५ दिन बन्धक, तीन नेपालीको उद्धार

काठमाडौं । वैदेशिक रोजगारीको सुन्दर सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ । सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको कोठामा बन्धक बनाएर राखिएका उनीहरूलाई सामाजिक संस्था किन इण्डियासहित सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार सकुशल उद्धार गरिएको हो ।