SHARE
लोक पथ · मङगलबार ९ मंिर २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

लिपिङ खोला जलविद्युत् आयोजना सञ्चालनमा, आईपीओ निष्कासनको तयारी

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण भएको १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ । हिम रिभर पावर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाले २०८३ मंसिर ६ गतेदेखि राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा विद्युत् पठाउन थालेको हो । भोटेकोशी गाउँपालिका–२ मा रहेको आयोजनाको निर्माण सम्पन्न भएपछि विद्युत् उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ ।