टिकटकले अभिभावकका लागि ल्यायो नयाँ फिचर, अब किशोरकिशोरीको गतिविधि हेर्न सकिने
काठमाडौं । सामाजिक सञ्जाल टिकटकले किशोरकिशोरीले प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्ने जानकारी अभिभावकलाई दिने नयाँ फिचर सार्वजनिक गरेको छ । टिकटकले आफ्नो ‘फ्यामिली पेयरिङ’ सुविधालाई नयाँ स्वरूपमा ल्याएको हो । यसले अभिभावकलाई आफ्ना छोराछोरीको डिजिटल गतिविधि बुझ्न र उनीहरूको अनलाइन सुरक्षाका लागि आवश्यक निर्णय लिन सहयोग गर्ने कम्पनीले जनाएको छ ।