SHARE
काठमाण्डुपाटी · सोमबार ८ मंिर २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

एजेन्सी– युक्रेनको किएभ क्षेत्रमा रुसी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणबाट भत्किएको आवासीय भवनको भग्नावशेषमा पुरिएकाहरूको खोजीमा उद्धारकर्मीहरू खटिएका छन् । किएभबाट करिब ४५ किलोमिटर उत्तरमा रहेको डायमरमा पाँचतले भवनको एक भाग भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारी तिमुर ताकाचेन्कोले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी