काठमाण्डुबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै
काठमाण्डु – काठमाण्डु महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाण्डु जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरिनेछ ।