कीर्तिपुरमा सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति
काठमाण्डु – काठमाण्डुको कीर्तिपुर नगरपालिका–९ ढल्पामा रहेको सिरक–डसना उद्योगमा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ । विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आईतबार दिउँसो करिब २:३० बजे आगलागी भएको हो । विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी दिइएको छ ।