कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दिएका छन् । प्रधानमन्त्री शाह आज प्रतिनिधिमण्डलसहित भारत भ्रमणमा जाँदैछन् । दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र त्यसपछिको वरियतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल प्रधानमन्त्रीसँगै भारत जाँदैछन् ।