कोष व्यवस्थापन कम्पनीको १०औँ साधारण सभाबाट १०.५० प्रतिशत लाभांश पारित
काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई १०.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको १०औँ वार्षिक साधारण सभाले उक्त प्रस्तावसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण र वार्षिक प्रतिवेदन अनुमोदन गरेको हो। काठमाडौंको बागबजारस्थित एक होटलमा आज सम्पन्न सभाले कम्पनीको पुँजी वृद्धि योजनालगायत अन्य प्रस्तावसमेत पारित गरेको छ।