‘भारत भ्रमणमा प्रधानमन्त्रीले सीमा समस्या प्राथमिकता साथ उठाउनुपर्छ’
काठमाडौं। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहलाई आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्या समाधानको विषय प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन् । प्रधानमन्त्रीले संसद्मा सीमा विवादबारे दिएको अभिव्यक्तिले नेपालको सार्वभौमिकता र सीमा अधिकार कमजोर पार्ने काम गरेको टिप्पणी गर्दै पोखरेलले त्यसलाई व्यवहारबाट सच्याउनुपर्ने बताएका हुन् ।