खर्च नियन्त्रण र बिक्री आम्दानी बढ्दा एसवाई प्यानलको नाफा पाँच गुणा बढी वृद्धि
काठमाडौं। एसवाई प्यानल नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा २ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३९ लाख ६४ हजार रुपैयाँ रहेको थियो।