भोटेकोशी बाढीमा ज्यान गुमाएका १७४ मृतकका परिवारलाई सामाजिक सुरक्षा कोषले आजीवन पेन्सन दिने
काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएका १७४ जना योगदानकर्ताका परिवारले सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनसहित अन्य सुविधा पाउने भएका छन्। सामाजिक सुरक्षा कोषका अनुसार बाढीमा ज्यान गुमाएका योगदानकर्ताका परिवारलाई आजीवन पेन्सन, छोराछोरीको अध्ययन खर्च, किरिया खर्च तथा योगदानबापतको रकम प्रतिफलसहित उपलब्ध गराइनेछ।