हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनको सहयोग खोज्दै नेपाल
काठमाडौं। नेपालले प्रस्तावित ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापनाका लागि चीनसँग सहयोग र समर्थन अपेक्षा गरेको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँगको द्विपक्षीय भेटवार्तामा यस्तो अपेक्षा व्यक्त गरेकी हुन् ।