कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन
अन्ताल्या । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) स्थलमा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ । कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका शिशिर खनालले आज पेभिलियन उद्घाटन गरेका हुन् ।