गरिमा विकास बैंकको २०औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिताको तेस्रो संस्करण आगामी मंसिर ५ गते शनिबार काठमाडौंमा सञ्चालन हुने बैंकले जनाएको छ।