SHARE
कर्पोरेट समाचार · बिहीबार २० कात्िक २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

सुनको मूल्यमा एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँको वृद्धि, चाँदी पनि महंगियो

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० र चाँदी प्रतितोला २६५ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ३ हजार ९२० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार