एनआईसी एशिया क्यापिटलद्वारा विपद् उद्धार कोषमा २१ लाख सहयोग
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुगेको थियो।