SHARE
अन्नपूर्ण · मङगलबार १८ कात्िक २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा सुरु

इलाम : इलामको सूर्योदय नगरपालिकामा भूमि प्रशासन सेवा सुरु भएको छ। नगरपालिकाको केन्द्र फिक्कलमा मंगलबार नेपाली कांग्रेस संसदीय दलका सचेतक तथा इलाम क्षेत्र नं. १ का संघीय सांसद निष्कल राई र सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले संयुक्त रूपमा सेवा कार्यालयको उद्घाटन गरेका हुन्। कार्यक्रममा सांसद राईले स्थानीय तहबाटै यस्तो संवेदनशील सेवा प्राप्त हुनु संघीयता कार्यान्वयनको बलियो कडी भएको बताए।