SHARE
अन्नपूर्ण · मङगलबार १८ कात्िक २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

२७ तोला चाँदीसहित वीरगन्जमा दुई जना पक्राउ

वीरगन्ज : भारतबाट राजस्व छलेर भित्रयाइएको चाँदीसहित दुई जना वीरगन्जमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा घर भएका अन्दाजी ३६ वर्षीय रामप्रकाश सर्राफ र बाराको गढीमाई गाउँपालिका-५ घर भई हाल वीरगन्ज महानगरपालिका-१६ मा बस्ने अन्दाजी ३९ वर्षीय कृष्ण सहनी रहेका छन्।दुवै जनालाई प्रहरीले २७.७० तोला चाँदसहित वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियाबाट मंगलबार बिहान पक्राउ गरेको हो।