SHARE
अन्नपूर्ण · मङगलबार १८ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

संसद् आह्वान गर्न सभामुख अर्यालसँग विपक्षी दलहरूको आग्रह

काठमाडौं : प्रतिपक्षी दलका नेताहरूले संसद् आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेका छन्। मंगलबार सिंहदरबारमा कांग्रेस र एमालेका नेताहरूले सभामुख अर्यालसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै संसद् आह्वान गर्न आग्रह गरेका हुन्। भेटवार्तामा सभामुख अर्यालले छिट्टै संसद् बोलाउने प्रतिबद्धता जनाएको उनीहरूले बताएका छन्।