SHARE
अन्नपूर्ण · मङगलबार १८ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

फुर्केखोलामा पन्टुन पुल सञ्चालन गर्न १३ पालिका एकजुट

धादिङ : भोटेकोशीमा आएको बाढीले धादिङको मलेखुस्थित फुर्केखोलाको पक्की पुल बगाएपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापित गर्न जिल्लाका १३ वटै स्थानीय तह एकजुट भएका छन्। फुर्केखोलामा अस्थायी पन्टुन पुल ल्याएर सञ्चालन गर्ने र त्यसका लागि लाग्ने खर्च सबै पालिकाले साझा रूपमा व्यवस्थापन गर्ने सहमति भएको छ।