SHARE
अन्नपूर्ण · मङगलबार १८ कात्िक २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

नागरिकताविहीन शान्तिदेवीले ६२ वर्षको उमेरमा पाइन् नागरिकता

रुकुमपूर्व : जीवनका ६२ वर्ष बितिसक्दा पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउन नसकेकी सिस्ने गाउँपालिका–७ नाथीगाडकी शान्तिदेवी नेपालीले अन्ततः नागरिकता पाएकी छन्। जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी कोपिला राईले उहाँलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेकी हुन्।वि.सं. २०२१ सालमा जन्मिएकी शान्तिदेवीको नागरिकता बन्न नसक्नुका पछाडि पारिवारिक तथा परिस्थितिजन्य जटिलता थिए। उनी सानै उमेरमा भारत गएकी थिइन्।