काठमाडौंमा सुरू भयो पुष्प मेला
काठमाडौं : तिहारलाई मध्य नजर गर्दै नर्सरी व्यवसायी संघ,नेपालको आयोजनामा चौथो तिहार फ्लोरा एक्स्पो मंगलबारदेखि काठमाडौंमा सुरू भएको छ । तिहारको उत्सव,फूलको महोत्सव भन्ने नाराका साथ काठमाडौंको भृकुटिमण्डपमा सुरू मेलाको कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गरेकी हुन्।