तिहारमा झिलिमिली बत्ती महँगिने, आयात मूल्य बढ्दा परिमाण घट्यो
काठमाडौं । तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएको हो।