SHARE
अन्नपूर्ण · सोमबार १७ कात्िक २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

मादक पदार्थ सेवन गरी नर्समाथि हातपात गरेपछि बिरामी कुरुवा पक्राउ

काठमाडौं : पर्वतमा नर्समाथि हातपात गरेको आरोपमा एक बिरामी कुरुवा पक्राउ परेका छन्। कुश्मास्थित प्रदेश अस्पतालमा कार्यरत नर्समाथि हातपात गरेको आरोपमा कुश्मा नगरपालिका–२, खुर्कोटका २७ वर्षीय दीपक शर्मा पक्राउ परेका हुन्।अस्पतालको अन्तरंग शाखामा कात्तिक १५ गते राति बिरामी कुरुवाको रूपमा रहेका शर्माले मादक पदार्थ सेवन गरी अस्वाभाविक हर्कत देखाएका थिए।