SHARE
अन्नपूर्ण · सोमबार १७ कात्िक २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

कारबाट ३३ लाख बरामद, मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले नियन्त्रणमा लिएको छ। उनका भाइ नाता पर्ने भुवन ढुङ्गेल सवार इभी कारबाट शंकास्पद नगद बरामद भएपछि घिमिरे कार्यालयबाटै पक्राउ परेका छन्।सोमबार अपराह्न मध्यपुर थिमि नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक अख्तियारको फन्दामा परेको थियो।