SHARE
अन्नपूर्ण · सोमबार १७ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

राष्ट्रिय परिचयपत्र विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा प्रवाह नरोकिने

काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा समेत सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ। आज एक सूचना जारी गर्दै विभागले राहदानी, बैंक तथा वित्तीय सेवा र सवारी चालक अनुमतिपत्रलगायतका सेवा प्रवाहमा समस्या नहुने उल्लेख गरेको हो।राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक सेवा नरोक्न सम्बन्धित निकायलाई विभागले आग्रह गरेको हो।