पहिरोले पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध
मुगु : मुगुको पश्चिमी क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड पाँच सातादेखि पहिरोका कारण अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।खत्याड गाउँपालिका–८ नुवाखेतमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।सडक अवरुद्ध हुँदा खत्याड गाउँपालिकाका ११ वटै वडाका बासिन्दाको आवतजावत प्रभावित भएको छ।