तोरीको तेलले बनायो लखपति, धनुषाका गौरीशंकरले जिते १० लाख
काठमाडौं । बजारबाट ४१५ रुपैयाँको तोरीको तेल खरिद गरेका धनुषाका एक युवकले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। सरकारको करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको लक्की ड्रमा धनुषाको नगराइन नगरपालिका–९, घोरघासका गौरीशंकर पण्डितले १० लाख रुपैयाँ जितेका हुन्।