आरएसडीसी लघुवित्तले शेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश बाँड्ने
काठमाडौं। आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो। संस्थाको आइतबार बसेको सञ्चालक समितिको १९१औँ बैठकले हाल कायम चुक्ता पुँजीको ९.४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।