SHARE
अन्नपूर्ण · सोमबार १७ कात्िक २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना: सवार सबै ९ जनाको मृत्यु

काठमाडौं : अमेरिकाको फ्लोरिडास्थित पाम बीच काउन्टीमा एक निजी विमान दुर्घटना हुँदा त्यसमा सवार नौ जनाकै मृत्यु भएको छ। आइतबार दिउँसो अस्टिन-बर्गस्ट्रोम अन्तर्राष्ट्रिय विमानस्थलबाट बहामासतर्फ उडान भरेको 'लियरजेट ६०'  विमान वेस्ट पाम बीच विमानस्थलबाट करिब चार माइल दक्षिणमा पर्ने मिलिटरी ट्रेल नजिकै दुर्घटनाग्रस्त भएको सीएनएनमा उल्लेख गरिएकाे छ।