SHARE
अन्नपूर्ण · सोमबार १७ कात्िक २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

न्यायाधीशमाथिको महाभियोग प्रक्रिया तिहारपछि

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरू विवादास्पद बिचौलिया इनम सापकोटासँगको सम्पर्क र भेटघाटका कारण विवादमा परेपछि सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सक्रिय छन्। केही दिनयता उनी संविधान र कानुनका विज्ञ, पार्टीका कानुन व्यवसायी पृष्ठभूमिका सांसद तथा सरकारका प्रमुख पदाधिकारीसँग निरन्तर परामर्शमा छन्।