‘डर र अनिश्चितताको शासनले कर्मचारी–व्यवसायी थुरथुर, अर्थतन्त्र थप संकटमा’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैली, नीतिगत अनिश्चितता र भयको वातावरणले देशको अर्थतन्त्र थप शिथिल बनेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारले आर्थिक सुधारलाई प्राथमिकतामा राख्न नसकेको टिप्पणी गर्दै उनले अर्थतन्त्रको संकट समाधान गर्न सरकारलाई विश्वासको वातावरण निर्माण गर्न आग्रह गरेका छन्।