मंसिर १७ देखि २१ गतेसम्म भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। मेलाको यो एघारौं संस्करण हो।