राष्ट्रियस्तरका आठ विकास बैंकको नाफा ११३ प्रतिशतले वृद्धि, तीन महिनामै कमाए १ अर्ब ६७ करोड
काठमाडाैं। राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार आएको छ। चालु आर्थिक वर्ष २०८३-० ८४ को पहिलो त्रैमाससम्ममा राष्ट्रियस्तरका आठ विकास बैंकले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११३.२३ प्रतिशतले बढी हो।