SHARE
अन्नपूर्ण · आइबार​ १६ कात्िक २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

रूसी ड्रोनबाट जोगिन ग्यास पाइपलाइनमा लुक्न बाध्य युक्रेनी सैनिक

काठमाडौं : रुस-युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसक्दा पनि जारी छ। यस्तो अवस्थामा रुसबाट लगातारका प्रहार भइरहने ड्रोन आक्रमणहरूले युक्रेनी सैनिकहरूका लागि खुला जमिनमा ओहोरदोहोर गर्न निकै कठिन बनाएको छ।उनीहरू पुराना ग्यास पाइपलाइनहरूभित्र लुकेर बसिरहेका छन्। करिब ४ फिट फराकिला यी सुरुङहरूमा सैनिकहरूले कैयौँ हप्तादेखि दुई महिनासम्म बिताउनुपर्ने बाध्यता छ।