SHARE
अन्नपूर्ण · शनिबार १५ कात्िक २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

हप्तादिन नबित्दै काठेपुल बगाउँदा चुम उपत्यकावासी निराश

गोरखा : लगातार तीन दिनको वर्षापछि आएको स्यार खोलाको बाढीले गाउँलेले १५ दिन लगाएर बनाएका चारवटा फड्के (काठेपुल) बगाएको छ।चुम उपत्यकावासीका लागि 'लाइफलाइन'का रूपमा रहेका चारवटा काठेपुल बाढीले बगाएपछि त्यहाँका बासिन्दा निराश भएका छन्। गत बिहीबारदेखि परेको अविरल वर्षापछि चुमनुब्री गाउँपालिका–६ स्थित स्यार खोलामा आएको बाढीले ती पुलहरू बगाएको स्थानीय गोपाल लामाले बताए।