सहकारी ठगीको आत्मवृत्तान्त
मनोज भट्टको नयाँ पुस्तक ‘सहकारीमा ठगीको जालो’ हालै प्रकाशित भएको छ। गीता भट्टद्वारा प्रकाशित यसमा सहकारी संस्थामा भएका आर्थिक अनियमितता र बचतकर्ताका पीडा समेटिएका छन्। ३१२ पृष्ठमा समेटिएको पुस्तकमा ६ वटा अध्याय छन्। पुस्तकमा मोहनविक्रम सिंहको भूमिका छ।पुस्तकको पहिलो अध्यायमा सहकारीको सामान्य जानकारी दिइएको छ। ‘सामान्य’ यस अर्थमा, यसमा सहकारी सिद्धान्त, इतिहास, ऐनकानुनबारे विस्तृतमा चर्चा गरिएको छैन।