SHARE
अन्नपूर्ण · शनिबार १५ कात्िक २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका आठै जना कैदीको पहिचान खुल्यो, खोजी तीव्र

वीरेन्द्रनगर : डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठै जना कैदीको प्रहरीले पहिचान सार्वजनिक गरेको छ।शुक्रबार राति कारागारभित्र सुरुङ खनेर उनीहरू फरार भएका हुन्। फरार हुनेमध्ये पाँच जना जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए भने तीन जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।