SHARE
अन्नपूर्ण · शनिबार १५ कात्िक २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं : लगातारको वर्षाका कारण सडकमाथिबाट पहिरो खस्दा बीपी राजमार्ग दुईतर्फी रूपमा पूर्ण रूपमा अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर–८ गिम्दीबेँसीमा पहिरो खस्दा राजमार्ग पूर्ण अवरुद्ध भएको हो। पहिरोसँगै आएको लेदो माटोका कारण हाल राजमार्गका दुवैतर्फको यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।