दियो पोस्टको कार्यालयमा पनि सादा पोशाकका प्रहरी : ४५ मिनेटदेखि प्रधानसम्पादकको खोजी, फोटो खिच्दा डिभाइस नियन्त्रणमा
काठमाडौं। दियो पोस्ट अनलाइनको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेका छन्। काठमाडौंको अनामनगरस्थित दियो पोस्टको कार्यालयमा चार जना प्रहरी पुगेको छन् । दियो पोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई भेट्नकै लागि प्रहरी कार्यालयमा आएको बताइएको छ। समाचार संयोजक मदन ढुंगानाले कर्पोरेट समाचारलाई भने– ‘सादा पोशाकमा चार जना प्रहरी कार्यालयमा आएका छन्।