राष्ट्रसंघले स्वीकार्यो नेपालको प्रस्ताव, धनी भइसक्दा पनि २०२९ सम्म गरिब देशकै रुपमा रहने
काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट विकासशील मुलुकमा स्तरोन्नति हुन थप तीन वर्षको समय दिएको छ । राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म लम्ब्याउने निर्णय गरेको हो। न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बसेको महासभाको ८१औँ सत्रले नेपालको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।