जुरेढुङ्गा ओझेलमा
रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा ओझेलमा परेको छ । रसुवाको नौकुण्ड गाउँपालिका–१ मा अवस्थित समुद्र सतहबाट दुई हजार ९८० मिटरको उचाइमा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक किंवदन्तीले भरिपूर्ण छ ।